अहिले तरंगमा

केहि छिनमा

समाचार

अनुदानको खोप लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जाने

news

 
 चैत ११, २०७७ बुधबार 
काठमाण्डाै – चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जाने भएको छ ।
 
कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० विमान आउँदो आइतबार बेइजिङ जाने भएको हो ।  बेइजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको विमान भोलिपल्ट राति काठमाण्डाै फर्किने नेपाल एअरलाइन्सका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो ।
 
यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनबाट कोरोना विरुद्धको खोप लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । यो निर्णय अनुसार आठ लाख डोज कोरोनाविरुद्धको खोपलगायत सहायता सामग्री लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जान लागेको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...