अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भारतमा कोरोना सङ्क्रमणको नयाँ रेकर्ड : २४ घण्टामा ५९ हजारभन्दा धेरै सङ्क्रमित

news

 
 
  चैत १३, २०७७ शुक्रबार 
काठमाण्डाै - भारतमा कोरोना भाइरसको सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।
 
पछिल्लो २४ घण्टामा भारतमा ५९ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन्  । वल्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
 
एकैदिन सङ्क्रमित पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो । यसअघि बिहीवार  ५३ हजारभन्दा धेरै सङ्क्रमित भेटिएका थिए । गएको २४ घण्टामा महाराष्ट्रमा मात्रै ३५ हजार ९ सय ५२ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।
 
यस्तै, पन्जाबमा दुई हजार ७ सय, गुजरातमा एक हजार ९ सय ६१, तामिलनाडुमा एक हजार सात सय ७९, दिल्लीमा एक हजार ५ सय १५ जना नयाँ सङ्क्रमित थपिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका महाराष्ट्र, गुजरात, पन्जाब, केरला, मध्यप्रदेश लगायतका ठाउँमा कोरोनाको नयाँ सङ्क्रमण बढ्दै गएको छ ।
 
गएको २४ घण्टामा काेराेना सङ्क्रमणबाट २ सय ५७ जनाको ज्यान गएको छ । योसँगै भारतमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ९८३ पुगेकाे छ। भारतमा अहिलेसम्म एक करोड १८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । 
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...