अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

मेक्सिकोमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या भनिएभन्दा ६० प्रतिशत बढी

news

 
 
  चैत १६, २०७७ सोमबार 
काठमाण्डाै - मेक्सिकोले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या अध्यावधिक गरेको छ ।  
 
अध्यावधिक तथ्याङ्कअनुसार मेक्सिकोमा अहिलेसम्म भनिएभन्दा ६० प्रतिशत बढीको कोरोना भाइरसका कारण ज्यान गएको पाइएको छ ।
 
मेक्सिकोमा तीन लाख २१ हजारभन्दा धेरैको ज्यान गएको अध्यावधिक तथ्याङ्कले देखाएको बीबीसीले जनाएको छ ।
 
तथ्याङ्क अध्यावधिकसँगै मेक्सिको कोरोना भाइरसका कारण धेरैको ज्यान जाने देशको सूचीको दोस्रो स्थानमा पुगेको बीबीसीले जनाएको छ । तर, वल्ड्रोमिटरले भने मेक्सिकोलाई तेस्रो स्थानमा  राखेको छ । 
 
विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ज्यान गुमाउनेको संख्या धेरै छ ।  अमेरिकामा अहिलेसम्म पाँच लाख ४९ हजार तीन सयभन्दा धेरै ज्यान गएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...