अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

काठमाण्डाैको वायुमण्डलमा आज केही सुधार, तर प्रदूषण विश्वकै उच्च हानिकारक अवस्थामा

news

 
  चैत १८, २०७७ बुधबार 
काठमाण्डाै – काठमाण्डाैको वायु प्रदूषणको अवस्था फेरि विश्वकै सबैभन्दा उच्च हानिकारक अवस्थामा पुगेको छ ।
 
चीनको बेइजिङ, भारत, पाकिस्तान लगायत देशमा भने वायु प्रदूषण कम हुँदै गएको छ । ती देशहरुमा वायु प्रदूषण कम हुँदै गएपछि काठमाण्डाैको अहिलेको वायु प्रदूषणको अवस्था विश्वकै पहिलो नम्बरमा देखिएको हो । काठमाण्डाैको अहिलेको वायु प्रदूषण मापन गर्ने एक्यूआई दुइ सय २१ रहेको छ । यो केही दिनअघिको भन्दा कम भने हो ।
 
काठमाण्डाैको भैंसेपाटी, रत्नपार्कलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण देखिएको छ । केही दिनअघि काठमाण्डाैको एक्यूआई चार सय ७० भन्दा माथि पुगेको थियो । एक्यूआई २ सयभन्दा माथिको अवस्थालाई उच्च हानिकारक मानिन्छ ।
 
यस्तै काठमाण्डाैसहित देशका अरु विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै छ । सौराहा, हेटौंडालगायत ठाउँमा पनि अहिले वायु प्रदूषण उच्च हानिकारक अवस्थामा पुगेको वन तथा वातावरण विभागले जनाएको छ । वायु प्रदूषण उच्च भएसँगै शुक्रबारसम्मका लागि देशभरका विद्यालय बन्द गरिएको छ ।
 
स्वास्थ्यमा विभिन्न असर देखिन सक्ने भएकोले विशेष सावधानी अपनाउन डाक्टरले सल्लाह दिएका छन् । यसअघि गएको पुसमा पनि नेपालमा वायु प्रदूषण उच्च हानिकारक अवस्थामा पुगेको थियो ।
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...