अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

ब्राजिलमा तीन वटै सेनाका प्रमुखद्वारा एकसाथ राजीनामा

news

 
 चैत १८, २०७७ बुधबार 
काठमाण्डाै – ब्राजिलमा तीन वटै सेनाका प्रमुखले एकसाथ राजीनामा दिएका छन् ।
 
राष्ट्रपति जैर बोल्सोनारोले रक्षा मन्त्रीलाई हटाएको भोलिपल्ट त्यहाँका स्थल, जल तथा हवाई सेनाका प्रमुखले राजीनामा दिएका हुन् । राष्ट्रपतिसँग असन्तुष्टि राखेर उनीहरुको राजीनामा आएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्  ।
 
यस अघि पनि ब्राजिलमा यस्तो घटना हुने गरेको खबरमा उल्लेख गरिएको छ । राष्ट्रपति बोल्सोनारोले सेनालाई संविधान र कानुनसम्मत नभइ आफू अनुकुल बनाउन खोजेको आरोप लागेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला तीन वटै सेनाका प्रमुखको राजीनामाले राष्ट्रपति बोल्सोनारोमाथि थप चुनौती बढेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...