अहिले तरंगमा

केहि छिनमा

समाचार

इन्डोनेसियामा बाढीपहिरोमा परि कम्तीमा ५० जनाको ज्यान गयो

news

 
 
  चैत २३, २०७७ सोमबार 
काठमाण्डाै - इन्डोनेसियामा बाढीपहिरोको कारण कम्तीमा ५० जनाको ज्यान गएको छ । बाढीमा २७ जनाभन्दा धेरै हराइरहेका छन् ।
 
इस्ट नुसा तेन्गारा प्रान्तमा बाढीपहिरो आएको इन्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ ।
 
बाढीमा हराइरहेका तथा फसेकाहरुको उद्धार कार्य भइरहेको छ । बाढीबाट हजारौँ मानिस विस्थापित भएका छन् । इन्डोनेसियासँगै छिमेकी देश तिमोर लेस्तेका झण्डै दश हजार घरमा क्षति पुगेको बीबीसीले जनाएको छ। इन्डोनेसियालाई विपद्को जोखिममा रहेको देश मानिन्छ ।
 
त्यहाँको आधा जनसङ्ख्या बाढीपहिरोको उच्च जोखिम क्षेत्रमा बसोबास गरिरहेका विपद्सम्बन्धी विभिन्न तथ्याङ्कमा उल्लेख छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...