अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

ललितपुर मेयर कप : लुम्बिनी र प्रदेश-१ खेल्दै

news

 
  चैत २३, २०७७ सोमबार 
ललितपुर - ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेटमा आज लुम्बिनी र प्रदेश १ खेल्दैछन् ।
 
खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । हिजो भएको खेलमा मेयर-११ ले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको थियो ।
 
अस्ति भएको पहिलो खेलमा प्रदेश-१ एपीएफसँग आठ विकेटले पराजित भएको थियो । प्रतियोगितामा एपीएफ, प्रदेश-१, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स–११ सहभागी छन् । शीर्ष दुई टोलीबीच चैत २८ गते फाइनल खेल हुनेछ ।
 
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।   
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...