अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

क्यानले आजदेखि त्रिकोणात्मक श्रृङ्खलाकाे प्रशिक्षण थाल्ने

news

 
 
 
  चैत २४, २०७७ मंगलबार 
काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान)ले त्रिकोणात्मक श्रृङ्खलाका लागि आजदेखि बन्द प्रशिक्षण थाल्ने भएको छ ।
 
नेपाल, मलेसिया र नेदरल्याण्डबीचको त्रिकोणात्मक टी-२० श्रृङ्खलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
 
प्रतियोगिता वैशाख चार गतेदेखि ११ गतेसम्म हुनेछ । बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिष शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललित राजवंशी रहेका छन् ।
 
यही खेलाडीको सूचीबाट क्यानले अन्तिम नामावली सार्वजनिक गर्नेछ । मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टिमलाई विशेष प्रशिक्षण दिनेछन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...