अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

बेलायतका लागि म्यानमारका राजदूतलाई दूतावासभित्र प्रवेशमा रोक

news

 
 
  चैत २६, २०७७ बिहिबार 
काठमाण्डाै - बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई राजदूतावास भित्र प्रवेशमा रोकिएको छ ।
 
म्यानमारमा भएको सैन्य शासनको विरोध गर्दै आएका मिनले आफ्नै दूतावास प्रवेश गर्न नपाएका बीबीसीले जनाएको छ ।
 
उहाँले दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई भित्र प्रवेश गर्न नदिइएको बताउनु भएको छ । अन्य कर्मचारी भित्रै रहेका बेला आफूलाई घण्टौँसम्म पनि प्रवेश गर्न नदिइएको उहाँले बताउनु भएको छ ।
 
गएको फेब्रुअरी १ तारिखमा म्यानमारका सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई हिरासतमा लिएपछि बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनले विरोध गर्दै आउनु भएको थियो ।
 
म्यानमारमा सैन्य 'कू' को विरोधमा भइरहेको विरोध प्रदर्शनमा अहिलेसम्म बालबालिकासहित ५ सयभन्दा धेरैको ज्यान गएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...