अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज

news

 
  चैत २६, २०७७ बिहिबार 
 
काठमाण्डाै - राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।
 
त्रिपुरेश्वरमा रहेको राखेपको कर्भडहलमा आज महिलातर्फको फाइनलमा न्यू डाइमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
 
खेल बिहान साढे ११ बजे हुनेछ । यस्तै, पुरुषतर्फको फाइनलमा एपीएफ क्लब र हेल्प नेपाल खेल्नेछन् । यो खेल दिउँसो साढे ३ बजे हुनेछ ।
 
च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौथाेले ३७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...