अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

नेपालले नामिबियासँग एक दिवसीय क्रिकेट खेल्ने

news

 
 
  चैत ३०, २०७७ सोमबार 
काठमाण्डाै - नेपालले नामिबियासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ ।
 
नेपाल क्रिकेट सङ्घ क्यानले आउँदो मे महिनाको तेस्रो हप्ता नामिबियासँग एक दिवसीय सिरिज खेल्ने पक्का गर्दै त्यसको तयारी तीव्र बनाउने निर्णय गरेको छ ।
 
नामिबियासँग खेल्नुअघि नेपालले नेदरल्याण्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्दैछ । यस्तै हिजो बसेको क्यानको बैठकले राष्ट्रिय महिला टोलीलाई मैत्रीपूर्ण खेलको लागि भारत भ्रमणमा पठाउने पनि निर्णय गरेको छ । नेपाली महिला टोलीले उत्तराखण्ड महिला क्रिकेट टिमसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
 
यस्तै बैठकले नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिएको छ  ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...