अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

उत्तर प्रदेशका विद्यालय अप्रिल ३० तारिखसम्मका लागि बन्द

news

 
  चैत ३०, २०७७ सोमबार 
काठमाण्डाै - कोरोना भाइरसको महामारी बढ्दै गएपछि भारतको उत्तर प्रदेशका सबै स्कुल अप्रिल ३० तारिखसम्मका लागि बन्द गरिएको छ ।
 
कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले जोखिम कम गर्न विद्यालय बन्द गरिएको उत्तर प्रदेश सरकारलाई उदृत गर्दै बीबीसीले जनाएको छ । तर भौतिक दूरी कायम राखेर परीक्षा भने सञ्चालन हुनेछन् । यस्तै पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका क्षेत्रमा रात्रिकालिन कर्फ्यु लाग्ने भएको छ ।
 
लखनउ, कानपुर, गोरखपुर, इलाहाबाद, गाजियाबाद लगायतका सहरमा यसअघि नै रात्रिकालिन कर्फ्यु लागू भइसकेको छ । यस्तै सार्वजनिक कार्यक्रममा ५० जनाभन्दा धेरै भेला हुन पनि रोक लगाइएको छ ।
 
हिजो उत्तर प्रदेशमा १५ हजार चार सय जनामा कोरोना पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ९२ हजार पुगेको छ । भारतमा दैनिक डेढ लाखभन्दा धेरै सङ्क्रमित देखिन थालेपछि  विभिन्न प्रदेशमा लकडाउन र कर्फ्यु लगाउने क्रम बढेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...