अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आईपीएल क्रिकेटमा पञ्जाबले राजस्थानलाई चार रनले हरायो

news

 
 
  चैत ३१, २०७७ मंगलबार 
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ ।
 
जितका लागि २ सय २२ रनको लक्ष्य पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन मात्रै बनाउन सक्यो ।
 
राजस्थानका कप्तान सञ्जु सामसनले १ सय १९ रन बनाए पनि हार टार्न भने सकेनन् । पञ्जाबका अर्शदीप सिंहले ३ तथा मोहम्मद शामीले २ विकेट लिए । मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो ।
 
पञ्जाबका कप्तान केएल राहुलले सर्वाधिक ९१ रनको योगदान गरे । त्यस्तै दिपक होडाले ६४ तथा क्रिस गेलले ४० रन बनाए । राजस्थानका चेतन सकारियाले ३ विकेट लिए। यस्तै क्रिस मोरिसले २ तथा रियान परागले एक विकेट लिए ।
 
आईपीएलमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...