अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान आयोजना

 

  बैशाख ७, २०७८

 

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति हस्तान्तरण गर्नुभएको छ ।

राम-सीताका मूर्ति हस्तान्तरण गर्न प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान आयोजना गरिएको थियो । प्रधानमन्त्री ओलीले मूर्तिहरु स्वस्तीवाचनसहित हस्तान्तरण गर्नुभएको हो ।

राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर चितवनको अयोध्याधाममा स्थापना गर्ने तयारी भएको छ । पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा भोलि अनावरण गर्न लागिएको हो । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको धार्मिक र्यालीसहित सीता-रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ ।

रथमा मूर्ति राखेर ५ सयभन्दा धेरै गाडीसहितको कलशयात्रा तथा शोभायात्रा चितवन पुग्नेछ । प्रधानमन्त्री ओलीले गएको वर्ष त्रेतायुगका मर्यादापुरुषोत्तम रामको जन्म अयोध्यापुरीमा भएको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

त्यसलगत्तै उहाँले माडीका पालिकाका जनप्रतिनिधिहरुलाई काठमाण्डौ बोलाएर अयोध्यापुरीमा राममन्दिर बनाउन निर्देशन दिनुभएको थियो । 

 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...