अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

त्रिदेशीय क्रिकेटको उपाधिका लागि नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

news

 
  बैशाख ११, २०७८ शनिबार 
काठमाण्डाै - त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।
 
खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे हुनेछ । कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यमा छ ।
 
नेपाल लिग विजेता र नेदरल्याण्ड्स उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । नेपालले नेदरल्याण्ड्सलाई पहिलो खेलमा ९ विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको थियो । यही कारण पनि आजको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
 
आज दुवै टोली उच्च मनोबलका साथ मैदान उत्रिँदै छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...