अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

अस्पताल बाहेकका ठाउँमा अक्सिजनकाे प्रयोगमा रोक, निषेधाज्ञामा थप कडाइ गर्न सिफारिस

 
  बैशाख १८, २०७८ शनिबार 
काठमाण्डाै - कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अस्पतालबाहेक अन्यत्र अक्सिजनको प्रयोगमा रोक लगाउन सिफारिस गरेको छ । 
 
हिजो साँझ बसेको सीसीएमसीको निर्देशक  समितिको बैठकले कोरोना सङ्क्रमितलाई अक्सिजनको अभाव हुँदै गइरहेको भन्दै उद्योग वा अन्य कुनै पनि क्षेत्रमा अक्सिजनको प्रयोगमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस पठाउने निर्णय गरेको हो ।
 
बैठकले नागरिकले घरमा राखेका र अस्पतालमा भएका सिलिन्डरलाई पनि तत्कालै रिफिलको लागि उद्योगमा पठाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक खगराज बरालले जानकारी दिनुभयो । 
 
सीसीएमसीले पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न पनि अक्सिजन उद्योगलाई आग्रह गरेको छ । यस्तै सीसीएमसीले भारतबाट आउने धेरै व्यक्तिमा सङ्क्रमण देखिएको भन्दै २२ वटा सीमानाका बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । 
 
बैठकले काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका मात्र सञ्चालन गर्न सिफारिस गरेको हो । खुला हुने नाकाबाट भित्रिनेलाई पनि होल्डिङ सेन्टरमा राखेर मात्रै घर पठाउन सिफारिस गरिएको छ । 
 
बैठकले कोरोना महामारी नियन्त्रणबाहिर जान सक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गर्न र निषेधाज्ञालाई प्रभावकारी बनाउन पनि सिफारिस गरेको सचिव बरालले जानकारी दिनुभयो । कोरोना महामारी उच्च दरमा फैलिएसँगै सरकारले अहिलेसम्म २३ वटा जिल्लामा निषेधाज्ञा लगाइसकेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...