अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

बङ्गाल चुनाव : ममता बनर्जी भाजपाका सुबेन्दु अधिकारीसँग पराजित

news

 
  बैशाख २०, २०७८ सोमबार 
काठमाण्डाै - भारत पश्चिम बङ्गालको विधानसभा चुनावमा मुख्यमन्त्री ममता बनर्जी भारतीय जनता पार्टी भाजपाका नेता सुबेन्दु अधिकारीसँग पराजित हुनुभएको छ ।
 
नन्दीग्रामबाट चुनाव उठ्नुभएकी तृणमूल कंग्रेस टीएमजीकी नेतृ बनर्जी भाजपाका नेता अधिकारीसँग १९ सय ५६ मतले पराजित हुनुभएको बीबीसीले जनाएको छ । तर उहाँले भाजपाले धाँधली गरेको भन्दै अदालत जाने बताउनुभएको छ ।
 
तृणमूल कंग्रेसमा रहेका सुबेन्दु अधिकारी भाजपामा प्रवेश गरेर नन्दीग्रामबाट उठ्ने निर्णय गरेपछि मुख्यमन्त्री बनर्जी पनि त्यसैले क्षेत्रमा जानुभएको थियो । नन्दीग्रामबाट चुनाव लड्ने बनर्जीको घोषणालाई निकै जोखिमपूर्ण मानिएको थियो ।
 
बनर्जी आफैँले चुनाव हारे पनि तृणमूल कंग्रेसलाई भने शानदार जित दिलाउनुभएको छ । दुई सय ९२ सिट रहेको पश्चिम बंगालमा बनर्जीको दल तृणमूल कंग्रेसले एक सय ९६ सिटमा जितेको र १८ सीटमा अग्रता लिइरहेको चुनाव आयोगले जनाएको छ ।
 
भाजपाले ६५ सीट जितेको छ भने ११ सीटमा अघि रहेको छ । पश्चिम बङ्गालको चुनाव जित्न भाजपाले पूरै शक्ति लगाएको थियो । महामारीकाबीचमा पनि प्रधानमन्त्री नरेन्द्र मोदी र्‍यालीमा जानुभएको थियो । भाजपाले कयौँ केन्द्रीय नेताहरुको कमाण्डमा विशेष युनिट पनि बनाएको थियो । तर पश्चिम बङ्गालको ‘ब्याटल’ नरेन्द्र मोदीले हारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...