अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

राष्ट्रिय सूचना आयोग स्थापना दिवस : अफवाह रोक्न र सही सूचना प्रवाह गर्न प्रधानमन्त्रीको जोड

news

 
  बैशाख २२, २०७८ बुधबार 
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले गलत सूचना तथा अफवाहले समाजमा पार्ने असहज वातावरण रोक्न सही सूचना प्रवाह हुनुपर्नेमा जोड दिनुभएको छ ।
 
राष्ट्रिय सूचना आयोगको १४ औं स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिदै उहाँले उज्यालो र अँध्यारोबीचको भिन्नताले वातावरणमा ल्याउने प्रभाव जस्तै सही सूचना प्रवाह हुँदा र नहुँदा सामाजिक जीवनमा पार्ने प्रभाव त्यस्तै रहने बताउनुभयो । प्रधानमन्त्री ओलीले संवैधानिक तथा कानूनी व्यवस्था अनुसार कार्यान्वयनमा आएको सूचनाको हकको सफल कार्यान्वयनबाट लोकतान्त्रिक पद्धतिको सुदृढीकरण तथा सुशासन कायम गरी नागरिकलाई सचेत बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
 
कोरोना महामारीको दोस्रो लहरका कारण सङक्रमण रोक्न निषेधाज्ञा र स्वास्थ्यका मापदण्ड पालनामा केन्द्रित हुनुपरेको भन्दै उहाँले सही, सत्यतथ्य र आधिकारिक सूचना प्रवाह गर्न र मापदण्डको पालना गर्न/गराउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।
 
दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोग कोरोना महामारीका बीच पनि निरन्तर सूचनाको हक प्रचलन गर्न/गराउन प्रयासरत रहेको बताउनुभएको छ । २०६५ साल बैशाख २२ गते राष्ट्रिय सूचना आयोगको गठन भएको हो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...