अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

भारतमा कोरोना विरुद्धको खोप ओसार्न ड्रोनको प्रयोग गर्न अनुमति

news

 
  बैशाख २६, २०७८ आइतबार 
काठमाण्डाै – भारत सरकारले कोरोना खोप ओसार्नको लागि ड्रोनको प्रयोग गर्न अनुमति दिएको छ ।
 
ग्रामीण भेगमा खोपको सहज आपूर्तिका लागि ड्रोनको प्रयोग गर्न अनुमति दिएको बीबीसीले जनाएको छ । भारतको नागरिक उड्ययन मन्त्रालय र महानिर्देशनालयले पहिलो चरणमा तेलंगना सरकारलाई खोप ओसार्न ड्रोन प्रयोग गर्न स्वीकृति दिएको छ ।
 
यही महिनाको अन्त्यसम्म ड्रोनबाट खोप पुर्याउने कामको परीक्षण गरिने तेलंगना राज्यका सरकारी अधिकारीहरूले बताएका छन् । यसअघि इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले कोरोना खोप ओसार्न ड्रोन उपयोग गर्न अनुमति दिएको थियो ।
 
खोप पुर्‍याउने यस्ता ड्रोन उडाउँदा हवाइ नियम पालनामा केही छुट पनि दिइएको छ । ड्रोनबाट खोप ओसार्दा दुर्गम बस्तीमा चाँडो र सहज रुपमा खोप पुर्‍याउन सकिने भारत सरकारले बताएको बीबीसीले जनाएको छ ।
 
सडक यातायातको पहुँच नभएको ठाउँसम्म खोप लैजान ढुवानी तथा चिस्यान लगायतको व्यवस्थापन गर्न कठिन हुने भएकोले आवश्यकता अनुसार ड्रोनमार्फत ओसार्दा सहज हुने भारत सरकारको भनाइ छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...