अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक बस्दै

 
 
 
  बैशाख २६, २०७८ आइतबार 
काठमाण्डाै – प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।
 
भोलि (सोमबार) बस्ने प्रतिनिधि सभा बैठक सञ्चालन बारेमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बैठक बोलाउनुभएको सभामुख सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
 
बैठकमा कोरोना सङ्क्रमण भएका सांसदहरुको संसदमा उपस्थिति र मतदानको व्यवस्था, सरकारलाई दिएको समर्थन फिर्ता पछि प्रतिपक्ष दल बनेको नेकपा माओवादी केन्द्रका सांसदहरुको संसदमा बसाइ व्यवस्थापन, संसदमा स्वास्थ्यका मापदण्ड पालना लगायतका विषयमा छलफल हुने न्यौपानेले बताउनुभयो ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा विश्वासको मत लिनुहुने र राजनीतिक अवस्था संकटपूर्ण रहेको बेला बस्न लागेको संसद बैठकलाई गम्भीरताका साथ लिँदै पूर्व तयारीबारे कार्यव्यवस्था बैठकमा छलफल हुने उहाँले बताउनुभयो । प्रतिनिधि सभाका २८ जना सांसदलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...