अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन चार हजार एक सय भन्दा धेरैको ज्यान गयो

news

 
 
 
  बैशाख २६, २०७८ आइतबार 
काठमाण्डाै – भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना सङ्क्रमणबाट चार हजार भन्दा धेरैको ज्यान गएको छ ।
 
महामारीको दोस्रो लहर चलिरहेको भारतमा एकै दिन चार हजार एक सय ३३ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा चार लाख नौ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
 
अहिलेसम्म दुई करोड २२ लाख ९५ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको भारतमा दुई लाख ४२ हजार तीन सय ९८ जनाले ज्यान गुमाइसकेका छन् । एक करोड ८३ लाख भन्दा धेरै निको भएका छन् । भारतमा अहिलेसम्म ३० करोड चार लाख भन्दा धेरैको पीसीआर परीक्षण भइसकेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...