अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सीसीएमसीले अक्सिजनको कोटा तोकिदियो, सबैभन्दा धेरै वीर अस्पताललाई

news

 
  बैशाख २८, २०७८ मंगलबार 
काठमाण्डाै – कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले अस्पताललाई अक्सिजनको कोटा तोकिदिएको छ । कोरोना संक्रमितको लागि अक्सिजन अभाव भएको चौतर्फी गुनासोपछि सीसीएमसीले अस्पतालहरुको लागि कोटा निर्धारण गरिदिएको हो ।
 
सीसीएमसीको निर्देशन अनुसार नौ वटा अक्सिजन उद्योगले दैनिक रुपमा तोकिएको कोटाका आधारमा मात्रै अस्पताललाई अक्सिजन दिन पाउनेछन् । सीसीएमसीको निर्देशन अनुसार सबैभन्दा धेरै वीर अस्पतालले काभ्रेको नवजीवन उद्योगबाट दैनिक तीन सय सिलिण्डर अक्सिजन पाउनेछ । यस्तै पाटन अस्पतालले सगरमाथा अक्सिजन उद्योगबाट दैनिक दुई सय सिलिण्डर पाउनेछ । यस्तै काठमाण्डौ मेडिकल कलेज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल र एपीएफ अस्पताले दैनिक एक सय ५० सिलिण्डरको कोटा पाएका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...