अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

इजरायलले गरेको रकेट प्रहारबाट कम्तीमा २० जनाको ज्यान गयो

news

 
 
  बैशाख २८, २०७८ मंगलबार 
काठमाण्डाै – इजरायलले प्यालेस्टाइन विरुद्ध गरेको रकेट प्रहारबाट कम्तीमा २० जनाको ज्यान गएको छ । गाजाको जेरुसलममा भएको आतङ्कवादी लक्षित आक्रमण भएको इजरायली अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
 
आक्रमणबाट महिला, बालबालिका सहित कम्तीमा २० जनाको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच पछिल्लो समयमा तनाव बढिरहेको छ ।
 
हिजो जेरुसलममा इजरायली प्रहरीसँगको झडपमा कैयाैँ प्यालेस्टाइनी घाइते भएपछि गाजाका हमास शासकहरुले हड्ताल गर्ने चेतावनी दिएका थिए । लगत्तै इजरायली सेनाले आक्रमण गरेको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनले सीमा पार गरेकोले आफूहरुले जवाफ दिने बताउनुभएको बीबीसीले जनाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...