अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

इजरायली सेनालाई प्यालेस्टाइनी विद्रोहीको जवाफ, तेल अभिभमा रकेट आक्रमण

news

 
 
 
  बैशाख २९, २०७८ बुधबार 
काठमाण्डाै – इजरायल र प्यालेस्टाइनबीच तनाव चर्किँदै गएको छ । प्यालेस्टाइनका विद्रोहीहरूले इजरायली सहर तेल अभिभमा रकेट हमला गरेका छन् ।
 
इजरायलले हवाइ हमला गरेर गाजा क्षेत्रमा एउटा भवन ध्वस्त पारिदिएपछि त्यसको जवाफमा प्यालेस्टिनका विद्रोहीले इजरायल शहर तेल अभिभमा एक सय ३० वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका बीबीसीले जनाएको छ ।
 
भवनमा बसिरहेका मानिसहरू तथा स्थानीय बासिन्दालाई त्यहाँबाट अन्यत्र जान चेतावनी दिएको डेढ घण्टापछि गाजामा रहेको १३ तले भवनमा आक्रमण भएको थियो । इजरायली सेनाका अनुसार विद्रोहीहरूले यसअघि गरेका रकेट हमलाको बदला स्वरूप भवनमा आक्रमण गरेका हुन् ।
 
यो क्षेत्रमा भइरहेको हिंसामा ३१ जनाको ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्ति दूतले इजरायल र प्यालेस्टीनका विद्रोहीबीच गाजामा चर्किरहेको सङ्घर्षले अवस्थालाई पूर्ण युद्धतर्फ धकेलिरहेको चेतावनी दिएका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...