अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

डाक्टरको सिफारिसविना घरमा राखेका अक्सिजन सिलिन्डर फिर्ता गर्न सरकारको आग्रह

news

 
 
  जेठ १, २०७८ शनिबार 
काठमाण्डाै –  सरकारले डाक्टरको सिफारिसविना घरमा राखिएको अक्सिजन सिलिन्डर फिर्ता गर्न अनुरोध गरेको छ ।
 
कतिपय व्यक्तिले डाक्टरको सल्लाहविनै घर घरमा अक्सिजन सिलण्डर लगेर राखेको पाइएको भन्दै मुख्यसचिव स्तरको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले घरमा राखिएका सिलिन्डर फिर्ता गर्न आग्रह गरेको हो । मन्त्रालयले नजिकको अस्पताल या स्थानीय प्रशासनमा अक्सिजन सिलिन्डर बुझाउन भनेको छ ।
 
घरमा अक्सिजन राखे/नराखेको, सम्बन्धित उद्योगले अस्पतालबाहेक अन्यत्र सिलिन्डर दिए/नदिएको अनुगमन गर्न पनि मुख्यसचिव शंकरदास बैरागीले निर्देशन दिनुभयो । यस्तै हरेक अक्सिजन उद्योगमा अक्सिजन सिलिन्डरको अभिलेख राख्न सशस्त्र प्रहरी खटाइने भएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...