अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

चक्रवातका कारण भारतमा १२ जनाको ज्यान गयो, एक लाख ५० हजार जना विस्थापित

news

 
 
 
  जेठ ४, २०७८ मंगलबार 
काठमाण्डाै - अरब सागरमा विकसित शक्तिशाली चक्रवातका कारण भारतको जनजीवन अस्तव्यस्त भएको छ ।
 
तीव्र गतिको हावाहुरी र भीषण वर्षाका कारण १२ जनाको ज्यान गएको छ भने एक लाख ५० हजार जना विस्थापित भएका छन् ।
 
सबैभन्दा धेरै मुम्बई प्रभावित भएको छ । नौ सेनाको जहाजमार्फत चक्रवातमा फसेकाहरुको उद्धार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुम्बईमा ११४ किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको थियो । चक्रवातका कारण मुम्बई, थाणे, रायगढ लगायत क्षेत्रको जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, कयौँ घर भत्किएका छन् भने बिजुलीका पोल भत्किँदा विद्युत आपूर्ति बन्द भएको छ ।
 
भीषण हावाहुरी र वर्षाका कारण मुम्बईमा हवाई क्षेत्रसहित रेल सेवा समेत प्रभावित भएका छन्  । समुद्रमा चार मिटरसम्म लहर उठेको छ । यो चक्रवात गएराति १८५ किलोमिटर प्रतिघण्टाको गतिमा गुजरातमा  आइपुगेको छ । गुजरातका तटीय क्षेत्रका डेढ लाखभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ ।
 
प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र, गुजरात, गोवाका मुख्यमन्त्रीसँग चक्रवातले पार्ने प्रभाव रोकथामका लागि छलफल गर्नु भएको छ । उहाँले केन्द्र सरकारले सक्दो सहयोग गर्ने बताएका पनि खबरमा उल्लेख गरिएको छ । चक्रवातमा फसेकाहरुको उद्धारका लागि सेनालाई तयारी अवस्थामा राखिएको छ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...