अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भारतमा कोरोनाका कारण एकै दिन ४ हजार ५ सय २५ जनाको ज्यान गयो

news

 
 
  जेठ ५, २०७८ बुधबार 
काठमाण्डाै – भारतमा कोरोना सङ्क्रमणबाट एकै दिन चार हजार पाँच सय २५ जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट एकै दिन ज्यान गुमाएको यो कुनै पनि देशको सबैभन्दा धेरै सङ्ख्या हो ।
 
यस अघि गएको जनवरी १२ तारिखमा अमेरिकामा चार हजार चार सय ६८ जनाले ज्यान गुमाएका थिए । यस्तै ब्राजिलमा अप्रिल ६ तारिखमा चार हजार दुई सय ११ जनाको ज्यान गएको थियो । भारतमा कोरोना सङ्क्रमण पुष्टि हुने सङ्ख्या भने घटिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ८३ हजार दुई सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्ययम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
 
एकै दिन चार लाख भन्दा धेरै सङ्ख्यामा सङ्क्रमित थपिन थालेको भारतमा केही दिनदेखि दैनिक तीन लाख भन्दा थोरै सङ्क्रमित थपिन थालेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...