अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

यूएईमा १२ देखि १५ वर्षका बालबालिकालाई खोप लगाउन अनुमति

news

 
 
  जेठ ६, २०७८ बिहिबार 
काठमाण्डाै - यूएईमा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप दिइने भएको छ । त्यहाँको हेल्थ एण्ड प्रिभेन्सन मन्त्रालयले फाइजर-बायोएनटेकको कोरोना विरुद्धको खोप १२ देखि १५ वर्षका बालबालिकालाई दिन अनुमति दिएको हो ।
 
यसअघि यो उमेर समूहका लागि खोप प्रभावकारी हुने/नहुनेबारे परीक्षण गरिएको थियो । परीक्षणमा शतप्रतिशत नतिजा आएपछि खोप दिन अनुमति दिएको यूएईले जनाएको छ । स्वास्थ्य अधिकारीले १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिन अभिभावकहरुसँग छलफल गरिरहेको छ ।  
 
अहिले अमेरिकाले पनि १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिइरहेको छ ।  कोरोना भाइरसको नयाँ भेरियन्टले बालबालिका उच्च जोखिममा परेपछि बालबालिकालाई पनि खोप दिन थालिएको हो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...