अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

स्पेनले नेपाललाई अत्यावश्यकीय स्वास्थ्य सामग्री पठाउँदै

news

 
 
 
  जेठ ६, २०७८ बिहिबार 
काठमाण्डौ - स्पेनले नेपाललाई अत्यावश्यकीय स्वास्थ्य सामग्री पठाउँदैछ ।
 
चार्टर्ड विमानमार्फत स्पेन सरकारले पठाउने स्वास्थ्य सामग्री आज दिउँसो नेपाल आइपुग्गने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
भेन्टिलेटर, अक्सिजन कन्ट्रयाक्टर र पीपीईलगायतका स्वास्थ्य सामग्री स्पेनी एजेन्सीका अन्तर्राष्ट्रिय विकास सहयोगका निर्देशक म्याग्डी मार्टिनेज सोलिम्यानले स्पेन सरकारका तर्फबाट नेपालका स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । अमेरिका र युरोपका अरू देशलेसमेत जतिसक्दो छिटो नेपालमा स्वास्थ्य सामग्री पठाउने प्रक्रिया थालिसकेका छन् ।
 
जर्मनी, स्विट्जरल्यान्ड, क्यानडाबाट पनि सहयोग सामग्रीका लागि प्रक्रिया र छलफल चलिरहेको छ । यस्तै मध्यपूर्वका विभिन्न देशले पनि नेपालका लागि आवश्यक स्वास्थ्य सहयोग दिने भएको छ । अहिले त्यस क्षेत्रका अधिकांश देशमा इद पर्व चलिरहेकाले केही ढिलाइ भएको तर छिट्टै नै मध्यपूर्वका नेपालका मित्र राष्ट्रले स्वास्थ्य सहयोग पठाउने प्रतिबद्धता आइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
केही दिनअघि मध्यपूर्वको ओमनबाट सहयोग सामग्री आइसकेको छ । युरोपियन युनियन र स्पेनले पनि नेपाललाई कोरोना महामारीसँग लड्नका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...