अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

१४ वटा अन्तर्राष्ट्रिय उडान हुँदै, इण्डाेनेसिया र भियतनामबाट एअर एम्बुलेन्स आउने

news

 
 
 
  जेठ ७, २०७८ शुक्रबार 
काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज १४ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुँदैछन् ।
 
केही यात्रुवाहक, केही कार्गो र दुई वटा एअर एम्बुलेन्सको उडान तथा अवतरणको तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
 
हिमालय एअरलाइन्सका दुई वटा जहाज चीनको कुम्निङबाट बिहानै आइपुगेका छन् भने राति दुई वटै जहाज फेरि कुम्निङ जाँदैछन् । यस्तै चीनको सिचुआन एअरको कार्गो जहाज छेन्दुबाट मेडिकल सामग्री ल्याएर आउनेछ  र फर्कनेछ । हिजो मेडिकल सामग्री ल्याएर स्पेनबाट आएको आइबेरिया एअरको जहाज आज यात्रु लिएर स्पेनको मड्रिड जाँदैछ ।  
 
यस्तै हप्तामा दुई दिन उडान हुने तालिका अन्तर्गत एअर इन्डियाको जहाज काठमाण्डौ आएर यात्रु लिएर फर्कनेछ  । यस्तै भियतनामबाट दिउँसाे दुई बजे एउटा एअर एम्बुलेन्स आउँदैछ भने इण्डाेनेसियाबाट पनि सवा चार बजे अर्को एअर एम्बुलेन्स आइपुग्ने तालिका रहेको छ ।
 
यस्तै बुद्ध एअरले किनेको नयाँ जहाज पनि आज भारतको नयाँ दिल्लीबाट काठमाण्डौ आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...