अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

युरोकपको लागि रोनाल्डोको कप्तानीमा पोर्चुगलको २६ सदस्यीय टिम घोषणा

news

 
  जेठ ७, २०७८ शुक्रबार
काठमाण्डाै - आउँदो महिना हुने युरोकप फुटबलको लागि पोर्चुगलले टिमको घोषणा गरेको छ ।
 
मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले घोषणा गरेको २६ सदस्यीय टोलीको नेतृत्व क्रिष्टियानो रोनाल्डोले गर्नेछन् ।
 
रोनाल्डोका मुख्य सहयोगी मानिएका ब्रुनाे फर्नान्डेज, बर्नार्डो सिल्भा, डिएगो जोता लगायतका खेलाडी टिममा रहेका छन् ।
 
टिमको गोलकिपरमा तीन जना खेलाडीको नाम रहेको छ । यस्तै सात जना रक्षक रहेका छन् । मिडफिल्डरमा र फरवार्डमा आठ जना रहेका छन् । समूह एफमा रहेको पोर्चुगलले बलियाे मानिएका हङ्गेरी, फ्रान्स र जर्मनीको सामना गर्नुपर्नेछ ।
 
युरोकप जुन ११ तारिखदेखि हुनेछ । यस पटकको युरोकप युरोपका विभिन्न ११ वटा सहरमा हुँदैछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...