अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आपतकालीन अवस्थामा पनि टोकियो ओलम्पिक हुने

 
  जेठ ८, २०७८ शनिबार 
काठमाण्डाै - अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक आपतकालीन अवस्थामा पनि हुने जनाएको छ।
 
आइओसीका शीर्ष पदाधिकारीले टोकियोमा आपतकालीन घोषणा भए पनि ओलम्पिक नरोकिने बताएका हुन् ।
 
टोकियोमा आपतकालीनको घोषणा भए पनि प्रतियोगिता कसरी सुरक्षित तरिकाले गर्ने भन्नेमा योजना बनेको र त्यहीअनुसार हुने आइओसीका उपाध्यक्ष जोन कोयट्सले बताएका छन् ।
 
जापानका ७० प्रतिशत नागरिकले भने कोरोना महामारीका कारण ओलम्पिक रद्द हुनुपर्ने बताएका छन् । कोभिडका कारण एक वर्ष स्थगित भइसकेको प्रतियोगिता आउँदो जुलाई २३ तारिखदेखि अगष्ट ६ तारिखसम्म हुँदैछ । कोरोनाको जोखिम बढेपछि जापानको राजधानीमा मे ३१ तारिखसम्म आपतकालीन अवस्था लागू गरिएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...