अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भारतमा देखिएकाे कोरोनाको भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप प्रभावकारी

news

 
 
 
  जेठ १०, २०७८ सोमबार 
काठमाण्डाै - भारतमा पहिलो पटक पुष्टि भएको सङ्क्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको छ ।
 
बेलायतको पब्लिक हेल्थ इङ्ग्ल्याण्डले गरेको अध्ययनले सङ्क्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप प्रभावकारी देखाएको हो ।
 
खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता बेलायतमा देखिएको कोरोना भाइरसको भेरियन्टमा जस्तै भारतमा देखिएको भेरियन्टमा पनि पाइएको बेलायती स्वास्थ्य अधिकारीले बताएका बीबीसीले जनाएको छ ।
 
खोपको पहिलो डोज मात्र लगाएकामा भने  तीन हप्तापछि ३३ प्रतिशत प्रभावकारी देखिएको  छ । फाइजरको खोप दोस्रो डोज लिएको दुई हप्तापछि भारतमा देखिएको सङ्क्रामक भेरियन्टविरुद्ध ८८ प्रतिशत र एस्ट्राजेनेकाको खोपको पूरा डोज लिएको दुई हप्तापछि ६० प्रतिशत प्रभावकारी देखिएको खबरमा उल्लेख छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...