अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

दिवसीय र टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको सङ्ख्या बढाउने निर्णय

news

 
 
  जेठ १९, २०७८ बुधबार 
काठमाण्डाै – एक दिवसीय र टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको संख्या बढ्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले एक दिवसीय विश्वकपमा १४ देश र टी–ट्वेन्टी विश्वकपमा २० देशले खेल्न पाउने निर्णय पारित गरेको हो ।
 
एक दिवसीय क्रिकेटको नियम सन् २०२७ र टी–ट्वेन्टीको नियम सन् २०२४ देखि नै लागु हुनेछ । आईसीसीको नयाँ नियमसँगै नेपाल जस्ता एसोसिएट देशले दुवै फर्म्याटका विश्वकप खेल्न पाउने सम्भावना बढेको छ । अहिले जम्मा १० देशले एक दिवसीय र १६ देशले मात्रै टी–ट्वेन्टी विश्वकप खेल्न पाउने नियम छ ।
 
यस्तै सन् २०१७ देखि रोकिएको च्याम्पियन्स ट्रफी पनि पुन: सुरु गर्ने आईसीसीले जनाएको छ । यस्तै हरेक दुई/दुई वर्षमा टेष्ट च्याम्पियनसिप हुने तालिका पनि पारित भएको छ । सन् २०२४ सम्म हुने एक दिवसीय र टी–ट्वेन्टी प्रतियोगितामा भने पुरानै नियम लागु हुनेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...