अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

भारतले डिसेम्बर भित्रमा सबै वयस्कलाई कोरोना विरुद्धको खोप लगाउने

news

 
  जेठ २३, २०७८ आइतबार 
काठमाण्डाै - भारतले आउँदो डिसेम्बर भित्रमा सबै वयस्क मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने दाबी गरेको छ । भारतको स्वास्थ्य मन्त्रालयले आउँदो अगस्ट महिनादेखि प्रति महिना ४० करोड डोज खोप दिएर डिसेम्बरसम्ममा सबै मानिसलाई खोप लगाइसक्ने दाबी गरेको बीबीसीले जनाएको छ ।
 
पाँच महिनामा एक सय आठ करोड मानिसका लागि दुई सय १६ करोड डोज खोप आवश्यक पर्ने र त्यो जुटाउन भारत सरकार सक्षम रहेको मन्त्रालयको दाबी छ । अगस्टदेखि डिसेम्बर महिनामा ७५ करोड डोज कोभिशिल्ड, ७५ करोड डोज कोभ्याक्सिन र जोनोवा, स्पुतनिक लगायतका खोप ६० करोड डोज उपलब्ध हुने मन्त्रालयले जनाएको छ ।
 
गएको जनवरी १६ तारिखदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको भारतले अहिलेसम्म २२ करोड डोज खोप लगाएको छ । भारतमा कुल जनसङ्ख्याको झण्डै चार दशमलव दुई प्रतिशत मानिसले खोप लगाइसकेका बताइएको छ । अप्रिल महिनामा दैनिक औसतमा दैनिक ४० लाख डोज खोप दिएको भारतमा अहिले दैनिक २३ लाख डोज हाराहारीमा खोप लगाइरहेको छ ।
 
अहिले खोप लगाउने दर घटिरहेकाले डिसेम्बरसम्ममा सबैले खोप लगाउन कठिन हुने विज्ञहरुले बताएका बीबीसीले जनाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...