अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

ब्राजिलमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख नाघ्यो

 
 
  असार ६, २०७८ आइतबार 
काठमाण्डाै - ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४७ जानको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख नाघेको हो । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेमा ब्राजिल दोस्रो देश हो ।
 
अमेरिकामा ६ लाख १७ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । खोप कार्यक्रम ढिला भएमा र प्रतिबन्धहरु नलगाइएमा जाडोयामको सुरुवातमा ब्राजिलको अवस्था थप सङ्कटपूर्ण हुने विज्ञहरुले चेतावनी दिएका बीबीसीले जनाएको छ । ब्राजिलमा बढीमा १५ प्रतिशत वयस्कहरुले मात्र खोप लगाएका छन् ।
 
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले प्रतिबन्धहरुमा कडाइ गर्न अस्वीकार गर्दै आउनुभएको छ । विपक्षीहरुले राष्ट्रपतिले महामारी नियन्त्रणका लागि पहल नगरेको, खोप खरिदमा बेवास्ता गरेको जस्ता कारणले महामारी झनै गम्भीर बन्दै गरेको आरोप लगाएका छन् । ब्राजिलमा अहिलेसम्म एक करोड ७८ लाख ८३ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
 
पछिल्लो २४ घण्टामा विश्वमा ३८ लाख ७४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने सात हजार ६ सय ७८ जनाको ज्यान गएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...