अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

क्यानडामा गर्मीका कारण कम्तिमा ६० जनाको ज्यान गयो

news

 
 
  असार १६, २०७८ बुधबार 
काठमाण्डाै – क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेपछि कम्तिमा ६० जनाको ज्यान गएको छ । ब्रिटिश कोलम्बिया प्रहरीले सोमबारयता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ ।
 
ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिकहरू धेरै छन् । ब्रिटिश कोलम्बियाको लीटनमा तापक्रम ४९ दशमलव ९ डिग्री सेल्सियस पुगेको छ । गर्मी बढ्दै गएकाले जनजीवन प्रभावित भएको छ । ग्लोब र मेल पत्रिकाका अनुसार लीटनमा घरबाट बाहिर निस्किन नसक्ने अवस्था छ ।
 
बढ्दो तापक्रमबारे क्यानडाको वातावरण सम्बन्धी निकायले ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ । त्यसबाहेकका उत्तरपश्चिमी भू–भागलाई पनि सचेत रहन भनिएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...