अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

म्याग्दीमा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गयो

news

 
  असार २३, २०७८ बुधबार 
म्याग्दी - म्याग्दीको मगला गाउँपालिका–५ अर्मनको छिस्बाङमा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ । 
 
पहिरोमा परेर मालिका–६ दरबाङको रातढुङ्गाका २२ वर्षीय गजिन रोका र उहाँकी श्रीमती बिना रोकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 
 
गएरातिको पानीले छिस्बाङ खहरेखोलामा आएको बाढीका कारण पहिरो जाँदा घर बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो । 
 
राति घरमा सुतिरहेका दम्पती घरसहित पहिरोमा बगेका प्रहरीले जनाएको छ । यसैबीच, म्याग्दीको रातोढुङ्गाको बस्ती, निर्माणाधीन सबस्टेशन र सयौँ रोपनी खेतीयोग्य जमिन पहिरोको जोखिममा परेका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...