अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा आइपुग्यो

news

 
  असार २८, २०७८ सोमबार 
काठमाण्डाै - अमेरिकाले उपलब्ध गराएको जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा काठमाण्डाै आइपुगेको छ । केहीबेरअघि खोप काठमाण्डौ आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराइएको खोप औपचारिक कार्यक्रम गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्दैछ ।
 
यो खोप एक मात्रा मात्रै लगाउँदा पुग्छ । यसअघि चीनबाट खरिद गरिएको ८ लाख मात्रा भेरोसेल खोप आइसकेको छ । चीनबाटै थप आठ लाख खोप आउँदो शुक्रवारसम्म ल्याउने तयारी छ । चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाबाट आउँदै गरेको जोनसोन खोप के कसरी वितरण गर्ने भनेर सरकारले निर्णय गरिसकेको छैन ।
 
यसअघि निर्धारण गरिएको प्राथमिकताको आधारमा ६० वर्षमुनि उमेर समूहकालाई भेरोसेल खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । अमेरिकाबाट नेपालले पाउने जोनसन एन्ड जोनसनको खोप भने वैदेशिक रोजगारीमा जान सुनिश्चित भएका कामदार, शिक्षकसहित अग्रपङ्क्तिमा खटिने पेसाकर्मी र ५० देखि ५५ वर्षको उमेरसमूहलाई दिन प्रस्ताव गरिएको छ ।
 
यसबारे केही दिनभित्रै निर्णय हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७  जनालाई पहिलो मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...