अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति जुमाको रिहाइको माग गर्दै प्रदर्शन

news

 
 
 
  असार २८, २०७८ सोमबार 
काठमाण्डाै - दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकोब जुमाको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको छ । जुमाले  प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उहाँको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका प्रदर्शनकारीहरुले यातायात सेवा ठप्प पारेर प्रदर्शन गरेका छन् ।
 
प्रहरीले ६० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ । प्रदर्शनकारीहरुले जुमा निर्दोष रहेको भन्दै रिहा नगरेसम्म आन्दोलन फिर्ता नलिने चेतावनी दिएका छन्  । उनीहरुले ठाउँ-ठाउँमा आगजनी र तोडफोड गरेका छन् । अशान्ति बढ्दै गएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले प्रदर्शनकारीलाई धैर्य गर्न आग्रह गर्नु भएको छ ।
 
गएको बुधवार जुमाले आफ्नो निवास नजिकै रहेको कारागारमा पुगी प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियोे । उहाँमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...