अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

ओलीले सरकारी निवास छोड्दै, सयौँँ मोटरसाइकल र गाडीले स्कर्टिङ गरेर बालकोट पुर्याउने

news

 
 
 
  असार ३०, २०७८ बुधबार 
काठमाण्डाै - निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास छोड्दै हुनुहुन्छ । बिहान ११ बजेपछि उहाँले बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट जाने प्रेस संयोजक सूर्य थापाले जानकारी दिनुभयो । ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै लैजाने तयारी गरेका छन् ।
 
सयौँँ मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिने एमाले नेता महेश बस्नेतले बताउनु भएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै ओली निजी निवासमा सर्न लाग्नु भएको हो ।
 
बालुवाटार छोड्नु अघि हिजो खोलीले देशवासीका नाममा सम्बोधन गर्नु भएको थियो । गएको सोमवार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...