अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

चीनमा बाढी प्रभावित दश हजार बढी नागरिकको उद्धार : कम्तीमा १२ जनाको ज्यान गयो

news

 
  साउन ६, २०७८ बुधबार
काठमाण्डाै – चीनमा मुसलधारे पानीका कारण आएको बाढीमा प्रभावित दश हजार बढी नागरिकको उद्धार गरिएको छ । ​हेनान प्रान्तका उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
 
मध्य चीनमा बाढी आएसँगै मानिसहरू घर छोड्न बाध्य भएका छन् । रेल स्टेशन र सडक डुबानमा परेका छन् । मुख्य सडकहरू बन्द र उडानहरू रद्द गरिएसँगै एक दर्जनभन्दा बढी सहर प्रभावित भएका छन् । बाढीमा कम्तीमा १२ जनाको ज्यान गएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ ।
 
झण्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको हेनान प्रान्तमा मौसमसम्बन्धी चेतावनी जारी गरिएको छ । बाढी आउनुमा धेरै कारणहरु रहे पनि जलवायु परिवर्तनका कारण बढेको तापक्रमले भीषण वर्षाको क्रम तीव्र बनाएको विज्ञले बताएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...