अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

चीनबाट अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित, खोप लिन निगमको जहाज आज चीन जाँदै

news

 
 
  साउन ६, २०७८ बुधबार 
काठमाण्डाै – चीनबाट अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित भएको छ । ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार ४८ लाख डोजबाहेक थप खोप ल्याउन पनि पहल भइरहेको छ । केही समय अघि चीनबाट खरिद गरेर ल्याइएको ८ लाख डोज खोप अहिले वितरण भइरहेको छ । यस अघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यसैबीच, कोरोना भाइरसविरुद्धको खोप लिन आज नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ । निगमका अनुसार आजदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने जानकारी दिनुभयो ।
 
चीनसँग खरिद गरिएका खोप लिन आज राति ११ बजे गएर भोली दिउँसो २ बजे जहाज नेपाल आउने छ । यस्तै भोली राति ११ फेरि जहाज गएर पर्सी आउने छ । यस्तै, खोप लिन ९ गते जाने जहाजले १० गते खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । सरकारले चीनबाट खोप ल्याएपछि नियमित रूपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...