अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अफगानिस्तानका प्रमुख तीन सहर कब्जा गर्ने तालिबानको प्रयास, कान्दाहरबाट सयौँ नागरिक विस्थापित

news

 
 
  साउन १७, २०७८ आइतबार 
काठमाण्डाै - तालिबानले अफगानिस्तानका प्रमुख तीन सहर कब्जा गर्ने प्रयास गरेको छ ।
 
दक्षिण तथा पश्चिमी क्षेत्रका हेरात, लस्कर गाह र कान्दाहर सहर सरकारी सेनाबाट खोसेर आफ्नो नियन्त्रणमा लिने प्रयास भइरहेको बीबीसीले जनाएको छ । तर ती प्रमुख सहर अहिलेसम्म सरकारी सेनाको नियन्त्रण छन् । कान्दाहरबाट सयौँ नागरिक विस्थापित भएका छन् ।
 
तालिबानको हिंसा र सरकारी सैन्यबलले गर्ने प्रतिकारका कारण अफगानिस्तानमा गम्भीर मानवीय सङ्कट आउन सक्ने भन्दै चासो र चिन्ता बढ्न थालेको छ । अफगानिस्तानमा रहेका विदेशी सैनिक सेप्टेम्बर महिनासम्म फिर्ता हुने यसअघि नै घोषणा भएर कार्यान्वयन हुँदै आएको छ ।
 
अमेरिकी सेना फर्कन थालेपछि तालिबानले ग्रामीण क्षेत्रहरुमा कब्जा जमाउन थालेको छ । मुख्य तीन सहरमा पछिल्लो पटक कब्जा जमाउने प्रयास भएको खबरमा उल्लेख छ ।
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...