अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै

news

 
  साउन १७, २०७८ आइतबार 
काठमाण्डाै - चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै गएको छ । पछिल्ला दिनहरूमा विश्वका अरु  प्रभावित देश जस्तै नयाँ प्रकारको डेल्टा भेरियन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको हो।
 
पछिल्लो २४ घण्टामा मात्रै थप ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३० जना व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने बाँकी विदेशबाट पुगेका यात्रुमा भेटिएको चाइना डेलीले जनाएको छ ।
 
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार जिआङ्सुुमा १९, हुनानमा ६, चोङकिङमा २ र लियोनिङ, फुजियान र सिचुआनमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।  चीनको नान्जिङ सहरबाट कोरोना भाइरस अन्त फैलिएको हो ।
 
गएको जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस फेला परेको थियो । त्यसपछि झन्डै दुई सय जना सङ्क्रमित भइसकेका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...