अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

दोस्रो टी–ट्वान्टी क्रिकेटमा बङ्गलादेशसँग अस्ट्रेलिया ५ विकेटले पराजित

news

 
  साउन २१, २०७८ बिहिबार
काठमाण्डौ - दोस्रो टी–ट्वान्टी क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । ढाकामा भएको खेलमा बङ्गलादेशले अस्ट्रेलियालाई ५ विकेटले हराएको हो । 
 
अस्ट्रेलियाले दिएको १ सय २२ रनको लक्ष्य बङ्गलादेशले १८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर भेट्टायो । बङ्गलादेशको जितमा आफिफ होसेनले ३७, नुरुल होसेनले २२, शकिब अल हसनले २६ र मेहदी हसनले २३ रन बनाए।
 
अस्ट्रेलियाका मिचेल मार्श, जोस हाजलउड, एस्टन अगर,एडम जाम्पा र एन्ड्रयु टेले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।
 
अस्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन बनाए भने मोइसेस हेन्रिक्सले ३० र मिचेल स्टार्कले अविजित रहँदै १३ रन बनाए । बङ्गलादेशका मुस्ताफिजुर रहमानले ३ तथा शोरिफुल इस्लामले २ विकेट लिए । जितसँगै बङ्गलादेशले अस्ट्रेलियासँगको पाँच खेलको श्रृङ्खलामा २–० को अग्रता बनाएको छ । 
 
पहिलो खेलमा पनि अस्ट्रेलिया बङ्गलादेशसँग पराजित भएको थियो । पहिलो खेलमा बङ्गलादेशले अस्ट्रेलियालाई २३ रनले हराएको थियो।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...