अहिले तरंगमा

केहि छिनमा

समाचार

कांग्रेस महाधिवेशन बारेकाे अन्याेल कायमै

news

 
  साउन २९, २०७८ शुक्रबार 
काठमाण्डाै - नेपाली कांग्रेसको हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशन सार्नेबारे छलफल भए पनि टुङ्गो लाग्न बाँकी छ ।
 
आउँदो भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको १४ औं महाधिवेशन गर्न सम्भव नदेखिएपछि संस्थापन पक्षले सार्ने प्रस्ताव गरेको छ । भदौमा वडा तहको अधिवेशन गरेर मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्नेबारे अनौपचारिक छलफल भए पनि यसबारे टुङ्गाे लाग्न सकेको छैन ।
 
महाधिवेशन सार्ने प्रस्तावमा रामचन्द्र पौडेल पक्षले असहमति जनाएको छ । पार्टीको वैधानिकता जोगाउन प्रक्रिया छोट्याएर भए पनि तोकिएको मितिमै महाधिवेशन गर्नुपर्ने पौडेल पक्षको माग छ। आजको बैठकमा महाधिवेशन तोकिएको मितिमै गर्ने या सार्ने विषयमा टुङ्गाे लाग्ने कांग्रेस नेताहरुले बताएका छन् ।
 
हिजोको बैठकमा निर्वाचन समितिले बनाएको निर्वाचन निर्देशिका र क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पेस भएको थियो । निर्वाचन निर्देशिकामा अधिवेशनको प्रक्रियामा वडादेखि केन्द्रसम्म विभिन्न पदमा उम्मेदवार बन्ने नेता कार्यकर्ताका लागि दरखास्त फारमको शुल्क प्रस्ताव गरिएको छ ।
 
प्रस्तावित शुल्कमा न्यूनतम वडा सदस्यका लागि १ सय रुपैयाँदेखि अधिकतम केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँसम्म तोकिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...