अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

उद्धारका लागि अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले विवरण टिपाए

news

 
  भदौ १, २०७८ मंगलबार 
काठमाण्डाै - अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेबपोर्टलमा हिजो बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।
 
रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था एकिन गरि आवश्यक समन्वयका साथ उद्धारका काम गर्न मन्त्रालयले गठन गरेको कार्यदलले यसअघि विवरण सङ्कलन गर्ने निर्णय गरेको थियो।
 
विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइबर, ह्वाट्सएपमार्फत विवरण सङ्कलनको काम थालिएको छ । साथै उपलब्ध नम्बर र सामाजिक सञ्जालमा विवरण टिपाउन मन्त्रालयले सम्बन्धित व्यक्ति र परिवारका सदस्यलाई अनुरोध समेत गरेको छ ।
 
अफगानिस्तान घटनाका कारण नेपालमा कुनै न कुनै रूपमा प्रभाव देखिन सक्ने हुँदा पूर्वसावधानी आवश्यक रहेको र त्यसै अनुसार तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । गृह सचिव टेक नारायण पाण्डेले सीमा नाकामा निगरानी बढाएको बताउनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...