अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

इस्लामिक स्टेटको जोखिमबारे जी सेभेन बैठकमा छलफल

news

 
  भदौ ९, २०७८ बुधबार
काठमाण्डाै – जी सेभेन बैठकमा अफगानिस्तानमा इस्लामिक स्टेटको जोखिम तथा उद्धारको कामबारे छलफल भएको छ । जी सेभेनमा आवद्ध देशहरुबीच अफगानिस्तानको सुरक्षा मामिला र उद्धारको कामबारे छलफल भएको हो ।
 
अमेरिकासहित क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत सम्मिलित जी सेभेन समूहका शीर्ष नेताहरूले भर्चुअल बैठकमा अफगान सुरक्षा मामिलालाई केन्द्रमा राखेर छलफल गरेका बीबीसीले जनाएको छ । स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनबाट जोखिम बढेको र अफगानिस्तान छोड्न चाहनेको उद्धारका लागि ढिलाइ गर्न नहुनेमा नेताहरुले जोड दिएका छन् ।
 
अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा चलिरहेको उद्धारको काम जतिसक्दो छिटो सक्नुपर्नेमा जोड दिनुभएको छ । सकेसम्म आउँदो अगष्ट ३१ को समयसीमाभित्र नै सम्पन्न भइसक्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ । दश दिनअघि तालिबानको कब्जामा परेको काबुलबाट कम्तीमा ७० हजार मानिसलाई उद्धार गरिएको छ । बैठकमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अन्तिम क्षणसम्म उद्धार कार्य जारी राख्नुपर्नेमा जोड दिनुभएको छ ।
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...