अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

सुरक्षा चुनौती बढेकाे भन्दै काबुल विमानस्थलबाट टाढा रहन अमेरिका र बेलायतको आग्रह

news

 
  भदौ १०, २०७८ बिहिबार 
काठमाण्डाै - अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको बताएका छन् । 
 
उनीहरुले सुरक्षाको खतरा रहेकाले विमानस्थलबाट पर रहन र सकेसम्म विमानस्थलको यात्रा नगर्न आग्रह गरेका बीबीसीले जनाएको छ । 
 
काबुल विमानस्थलमा हजारौँ नागरिक उद्धारको पर्खाइमा बसिरहेका बेला दुई देशले सुरक्षा चुनौती सम्बन्धी चेतावनी निकालेका हुन् । 
 
अमेरिका र बेलायतले सुरक्षा चुनौतीबारे कुनै थप जानकारी भने दिएका छैनन् । यसअघि अमेरिकाले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट आइएसका कारण सुरक्षाको चुनौती बढेको बताएको थियो । 
 
काबुलबाट अहिलेसम्म ८२ हजारभन्दा धेरैको उद्धार भइसकेको छ । तालिबानले आउँदो ३१ तारिखसम्म मात्रै उद्धारका लागि अनुमति दिने बताएको छ । अमेरिकाले सकेसम्म तोकिएको अवधिमा उद्धार सक्ने तयारी गरेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...